महाधिवेशन अवधिमा पार्टीबारे त्यसपछि देशका बारेमा साेचाैंः प्रधानमन्त्री बालेन्द्र शाह
प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले सरकार सञ्चालन र कार्यशैलीमाथि उठ्ने गरेका प्रश्नहरूको जवाफ फर्काउनुभएकाे छ ।
प्रधानमन्त्री शाहले आफू नेतृत्वकाे सरकारकाे यात्रा ‘एक्सप्रेस वे’ मा दौडिरहेको गाडी जस्तै रहेकाे र सबै कुरा ठीकठाकका साथ अगाडि बढिरहेकाे बताउनुभएकाे हाे ।

चितवनमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै शाहले आफ्नो उद्देश्य र गन्तव्य प्रस्ट रहेको भन्दै गन्तव्यमा पुगेपछि मात्रै विश्राम लिने स्पष्ट पार्नुभयाे ।
देशकाे सीमाकाे सम्बन्धमा छिमेकीहरूसँग छलफलबाट नै समस्या समाधान गर्ने कुनै मध्यस्थता आवश्यक नरहने र आफ्नाे राष्ट्रियताप्रति शंका नगर्न प्रधानमन्त्री शाहकाे आग्रह थियाे ।
कानुनकै सीमाभित्र रहेर अख्तियार लगायतका संरचनासँग छलफल गरिएकाे प्रधानमन्त्रीकाे तर्क थियाे ।
विभिन्न राजनीतिक दलका नेताहरूले रास्वपा र नयाँ शक्तिहरूको कार्यशैलीप्रति सङ्केत गर्दै ‘गाडीमा एक्सेलेटरसँगै ब्रेक पनि आवश्यक हुने’ भनी दिएको सल्लाह र चिन्ताप्रति बालेनकाे सरकार ठीक ठाक र सबै कुरा नियन्त्रणका साथ अगाडि बढेकाे जवाफ थियाे । “धेरैले चिन्ता मान्नुभएको छ, सरकार भनेको गाडीजस्तो हो र यसमा ब्रेक पनि लगाउनुपर्छ भन्नुभएको छ,” उहाँले भन्नुभयाे, “त्यस्तो चिन्ता लोकल रोडमा हिँड्दा मात्रै हुन्छ। तर हाम्रो गाडी एक्सप्रेस वेमा हिँडेको गाडी हो, यो रोकिँदैन, सिधै गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ।”
बालेन शाहले नयाँ पुस्तामा रहेको देश परिवर्तनको हुटहुटीलाई कसैले रोक्न नसक्ने सङ्केत गर्दै आफ्नो कार्यशैली गन्तव्यमुखी रहेको दाबी गर्उनुभयाे । कुनै गुट उपगुटमा लागेर नेता बन्न नसकिने नेता र नेतृत्वका लागि त जनताकाे मन जित्नुपर्ने उहाँकाे भनाइ थियाे ।
रास्वपाको महाधिवेशनले पार्टीलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्दै नयाँ राजनीतिक शक्तिहरू देशको समृद्धिका लागि दृढ भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयाे ।

