विभिन्न राजमार्गमा बाढी पहिराेले यातायात सेवा सन्चालनमा अवराेध

अविरल वर्षा, बाढी, पहिराे एवं संभावित जाेखिमका कारण देशका विभिन्न राजमार्गहरूमा सवारी सन्चालनमा आंशिक तथा पूर्ण अवराेधकाे अवस्था सिर्जना भएकाे छ ।

इलाम जिल्लाकाे इलाम नगरपालिकाकाे राजदुवाली क्षेत्रमा मेची राजमार्ग, काभ्रेकाे खुर्काेट नेपालथाेक कटुन्जेबेंसीमा वि.पी.राजमार्ग, मकवानपुरमा कान्ति लाेकपथ, सिन्धुपाल्चाेकमा अरनिकाे राजमार्ग, रसुवामा त्रिशुली स्याफ्रुबेंसी सडक खण्ड, पासाङ ल्हामु सडक, नुवाकाेटमा टाेखा छहरे सडक खण्डमा सवारी आवागमन अवरूद्ध बनेकाे छ ।

त्यस्तै लमजुङ, बागलुङ, मुस्ताङ र रूकुम पश्चिममा पनि विभिन्न राजमार्गमा बाढी पहिराेका कारण सडक मार्गहरूमा अवराेध पुगेकाे छ ।

Facebook Comments