माैसमः पश्चिमी वायू र स्थानीय साथै पूर्वकाे न्यून चापीय वायूकाे प्रभाव

हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत बाँकी हिमाली र पहाडी भू-भागमा साधारणतया बादल, मधेश प्रदेशमा आंशिक बादल र बाँकी तराई भू-भागमा मौसम मूख्यतया सफा रहेको छ ।

महाशाखाले गण्डकी प्रदेशका थोरै स्थानहरूमा र सुदुर पश्चिम प्रदेशको एक‍-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा भैरहेको जनाएकाे छ ।

साथै महाशखाले शुक्रबार राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल, बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल, बाँकी तराई भू-भागमा मुख्यतया सफा रहने जनाएकाे छ ।

महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागको एक‍-दुई स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ ।

महाशाखाले शनिबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्ने जनाएकाे छ ।

महाशाखाका अनुसार मधेश प्रदेश लगायत बाँकी प्रदेशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू-भागमा मुख्यतया सफा रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागको केही स्थानहरूमा, मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी प्रदेशका तराई भू-भागका थोरै  स्थानहरूमा  तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेकाे छ ।

महशाखाले गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाएकाे छ ।

महाशाखाले शनिबार पनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशका  पहाडी भू–भागमा तातो दिन तथा तराई  भू–भागमा तातो लहर हुने सम्भावना रहेकाले सतर्कता अपनाउन भनेकाे छ ।

शनिबार राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्ने, बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने महाशाखाले जनाएकाे छ।

महाशाखाका अनुसार काेशी र मधेश प्रदेशका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका तथा कर्णाली  प्रदेशका हिमाली भू-भागका थोरै स्थानहरूमा  मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ ।

महाशाखलाे  कोशी प्रदेशको पहाडी र तराई भू-भागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाएकाे छ।

Facebook Comments