दुर्गा प्रसाईंमाथिकाे अनुसन्धान साेमबार सक्न सर्वोच्चकाे आदेश

मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि दोस्रो पटक म्याद थप भएको मितिसम्म अनुसन्धान यथाशीघ्र सकी अदालतमा पेश गर्न सर्वाेच्च अदालतले आदेश गरेकाे छ ।

सर्वाेच्चले बन्दी प्रत्यक्षीकरणकाे रिटमा सुनुवाइपछि बन्दी छाड्न इन्कार गर्दै अनुसन्धान छिटाे सक्न परमादेश दिएको हाे ।

सर्वोच्च अदालतमा प्रसाईंको तर्फबाट परेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि न्यायाधीश विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सुनुवाइ गर्दै परमादेश जारी गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साले उनीविरुद्ध हिजो (बिहीबार) ४ दिनको म्याद थप गरेको थियो । उनीविरुद्ध दोस्रोपटक थप गरिएको म्याद सोमबार सकिंदैछ ।

उक्त अवधिभित्र अनुसन्धान सकेर मुद्दा चल्ने नचल्ने निर्णय भएमा सोही बमोजिम गर्न र नभएमा थुनामुक्त गरी गर्न गराउन आदेश भएको हो ।

प्रसाईंलाई प्रहरीले पर्साबाट पक्राउ गरेको थियो ।

Facebook Comments