लायन्स न्यूरोड चौतारीको रक्तदान कार्यक्रमा ४३ युनिट रगत संकलन
लायन्स क्लव अफ पोखरा न्यूरोड चौतारीले आयोजना गरेको रक्तदान कार्यक्रममा ४३ पिन्ट रगत संकलन भएको छ । सामाजकि क्षेत्रमा सक्रिय लायन्स क्लल अफ पोखरा न्यूरोड चौतारीले आफ्नो १५ औं स्थापना दिवसको अबसरमा पोखराको सभागृहचोकमा आयोजना गरेको रक्तदान कार्यक्रममा ४३ युनिट रगत संकलन भएको हो ।
क्लवले स्थापना दिवसको अबसरमा पारेर आयोजना गरिएको रक्तदान कार्यक्रमा ४३ युनिट रगत संकलन भएको न्यूरोड चौतारीका अध्यक्ष राजेश श्रेष्ठले जानकारी दिनुभयाे ।
कार्यक्रमका प्रमुख अतथि िपोखरा महानगरपालकिा वडा नं ८ का वडाअध्यक्ष रुद्रनाथ बरालले पहिलो रक्तदाता एवं क्लवका पूर्व अध्यक्ष पवित्रमणी पोखरेललाई ब्लडब्याग हस्तान्तरण गर िकायक्रमको शुभारम्भ गरिएको थियो ।
Facebook Comments

