सभापति थापाकाे राजीनामा अस्वीकृत गर्ने कांग्रेसकाे निर्णय

नेपाली कांग्रेसले सभापति गगन थापाले पदबाट दिनुभएको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको छ।

चुनावी हारको नैतिक जिम्मेवारी लिँदै सभापति थापाले गत बुधबार उपसभापति विश्वप्रकाश शर्मा समक्ष राजीनामा पेश गर्नुभएकाे थियाे ।

थापाकाे राजीनामाबारे कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा छलफलपछि आइतबार राजीनमा अस्वीकृत गर्ने निर्णय गरिएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयाे ।

प्रवक्ता देवराज चालिसेका अनुसार बैठकले निर्वाचनमा पराजयको कारण संरचनागत समस्या तथा नियन्त्रण बाहिरका परिस्थितिलाई आधार मानेको छ। 

गत पुसमा भएको विशेष महाधिवेशनबाट थापा कांग्रेसको सभापति बन्नुभएकाे थियाे । फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले ३८ सिट मात्रै जितेको थियो।

अब थापाकै नेतृत्वमा पार्टीलाई आगामी १५औँ महाधिवेशनतर्फ केन्द्रित हुने बताइएकाे छ ।

उता देउवा पक्षधरले पनि छुट्टै केन्द्रीय समिति बैठक गर्ने गरी समानान्तर गतिविधि गर्ने निर्णय गरेकाे छ ।

Facebook Comments