बजेट अधिवेशन बैशाख १७ देखि शुरू हुने
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद् बैठक आह्वान गर्नुभएकाे छ ।
मंगलबारको मन्त्रिपरिषद् बैठकको सिफारिसमा वैशाख १७ गते बिहीबार दिउँसो २ बजेका लागि राष्ट्रपति पौडेलले दुवै सदनको अधिवेशन आह्वान गर्नुभएकाे हाे ।
यस अधिवेशनलाई बजेट अधिवेशन पनि भनिन्छ । जेठकाे १५ गते संघीय बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधान छ । बजेट अगाडि सरकारकाे नीति तथा कार्यक्रम पारित गर्नुपर्ने हुन्छ ।

Facebook Comments

