नेपाल टेलिभिजनकाे स्याटेलाइट भाडामा २१ करोड अनियमितता
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल टेलिभिजनको प्रशारणको लागि स्याटेलाइटको ब्यान्डविथ भाडामा लिँदा भ्रष्टाचार देखिएको ठहर गरेकाे छ ।
मन्त्रालयले गठन गरेकाे अध्ययन समितिले करिब २१ करोड रुपैयाँ भ्रष्टाचार निष्कर्ष निकाले छ ।
सन् २००५ देखि २०२५ सम्म नेपाल टेलिभिजनका लागि स्याटेलाइट ब्यान्डविथ भाडामा लिंदा पटकपटक अनियमितता भएको अध्ययन समितिले निष्कर्ष निकालेकाे हो ।
नेपाल टेलिभिजनमा अनियमितता भएको भन्ने उजुरीपछि गत २१ जेठमा सञ्चार तथा सूचना प्रविधि मन्त्रीस्तरीय निर्णयबाट अध्ययन समिति गठन भएको थियो ।
स्पेस टेक्नोलोजी विज्ञ डा. आभास मास्केको संयोजक, अधिवक्ता एवं सिभिल इञ्जिनियर उमेश रुपाखेती, चार्टर्ड एकाउन्टेन्ट टिकाराम कार्की, स्याटेलाइट कम्यूनिकेसन विज्ञ एवं इञ्जिनियर नविन कुमार मिश्र सदस्य रहेकाे समितिले अनियमितता भएकाे ठहर गरेकाे हाे ।
अन्य टेलिभिजनले प्रतिमेगाहर्ज प्रतिमहिना २ हजार ९५० भाडामा लिँदा नेपाल टेलिभिजनले ३ हजार ५४० डलर तिरेकाे छानविनका क्रममा पत्ता लागेकाे थियाे ।

