गाेरखा, म्याग्दी र सुर्खेतमा सवारी आवागमन प्रभावित
गाेरखा, म्याग्दी र सुर्खेत जिल्लाका मुख्य राजमार्गहरूमा सवारी साधन सञ्चालनमा अवराेध कायमै छ । गाेरखाकाे माथिल्लाे आरूघाट गाउँपालिका वडा नंं २ र ३ साेती आसपासकाे क्षेत्र, वडा नंं. ९ स्थित नयाँ पुल क्षेत्रमा सवारी पूर्ण रूपमा अवरूद्ध छ । साे क्षेत्रमा असाेज २५ गतेकाे बाढीले गर्दा पुल बगाएका कारण यातायात सेवा प्रभावित बनेकाे हेा ।

म्याग्दीकाे बेनीमा बेनीजाेमसाेम सडक, सुर्खेतमा कर्णाली राजमार्गमा सवारी साधनहरू एकतर्फी मात्र सञ्चालनमा रहेका छन् । सुर्खेतकाे वराहताल गाँउपालिका ७, औलिसेमा पहिराे गएकाले सवारी एकतर्फी सञ्चालन गर्नुपरेकाे प्रहरीले जनाएकाे छ ।
Facebook Comments

