माैसमः ६ प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातकाे संभावना
जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार तराई भू-भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु लाग्नेछ । त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भाग तथा बाँकी प्रदेशको हिमाली भू-भागमा र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ ।

महाशाखाका अनुसार तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको जनाएकाे छ।
मंगलबार राती तराई भू-भागका थोरै स्थानहरूमा तुँवालो रहने महाशाखाले उल्लेख गरेकाे छ । त्यस्तै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

