संसद्लाई पर्याप्त बिजनेस दिने तयारीका लागि अधिवेशन स्थगितः सरकार प्रवक्ता
सरकारले संसद्लाई पर्याप्त बिजनेस दिनका लागि यसअघि बोलाएको संसद्को अधिवेशन स्थगित गर्नुपरेको जनाएको छ ।
शुक्रबार पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता सस्मित पोखरेलले यस्तो बताउनुभएकाे हाे ।
‘संसद्लाई पर्याप्त बिजनेस दिनका लागि संसद् अधिवेशन स्थगित गरिएको हो’, मन्त्री पोखरेलले भने, ‘सरकारले विधेयकमार्फत नै कानुन बनाउने हो ।’
सरकार अध्याधेशकाे पक्षमा नरहेकाे पनि उहाँकाे भनाइ थियाे ।
सरकारले बैशाख १७ गतेका लागि डाकिएकाे संघीय संसदकाे दुवै सदनकाे बैठक अनिश्चितकालका लागि स्थगित गरेकाे थियाे ।
Facebook Comments

