चार प्रदेशका हिमाली र पहाडी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ ।

शुक्रबार दिउँसाे हिमाली र पहाडी भूभागमा  साधारणतया बादल लाग्ने र तराई भूभागमा आंशिक बादल लाग्ने महाशाखाले जनाएकाे छ।

महाशाखाका अनुसार देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ भने बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थान तथा  कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक-दुई  स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे छ ।

महाशाखाले लुम्बिनी प्रदेशका पहाडी भू-भाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएकाे छ ।

शुक्रबार राती देशभर साधारणतया बादल लाग्नेछ । महाशाखाले देशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेकाे जनाएकाे छ ।

महाशाखाका अनुसार रातकाे समयमा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा मधेश प्रदेशको तराई भू-भागका एक दुई स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे छ ।

Facebook Comments