माैसमः ६ प्रदेशकाे केही स्थानमा वर्षा र हिमपातकाे संभावना

देशैभरकाे माैसममा केही बदली भएकाे छ भने चिसाे बढेकाे छ । ६ प्रदेशकाे केही स्थानमा वर्षा र हिमपातकाे संभावना रहेकाे जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार तराई भू-भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु लाग्ने जनाएकाे छ । त्यस्तै कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी र हिमाली भू-भाग तथा बाँकी प्रदेशको हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ । बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ ।

महाशाखाले तराई भू-भागमा मौसम मुख्यतया सफा रहने उल्लेख गरेकाे छ । महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।  

बुधबार राती तराई भू-भागका थोरै स्थानहरूमा तुँवालो रहनेछ । गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भाग तथा बाँकी प्रदेशको हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ। बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ ।

महाशाखाले तराई भू-भागमा मौसम मुख्यतया सफा रहने तथा कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र  हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेकाे उल्लेख गरेको छ।  

Facebook Comments