माैसमः हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाकाे संभावना
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार साेमबार देशभर साधारणतया बादल लाग्नेछ ।
साेमबार दिउँसो तथा रातीकाे समयमा देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानमा तथा मधेश प्रदेश साथै कोशी र सुदुरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना रहेकाे पनि महाशाखाले जनाएकाे छ ।
मंगलबार दिउँसाे तथा रातकाे समयमा समेत कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाे महाशाखाले जारी गरेकाे माैसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।
महाशाखाका अनुसार दिनकाे समयमा मधेश प्रदेशको केही स्थानमा हावाहुरीको पनि सम्भावना छ ।

