बडादसैँ पर्वकाे अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

नेपालीले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्वकाे अन्तिम दिन आज कोजाग्रत पूर्णिमा, सनातन हिन्दु धर्मावलम्वीहरूले १५ दिनसम्म मनाउने बडादशैं पनि सकिंदैछ ।

आज धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेर आजदेखि बडादशैं समापन गरिँदै छ ।

आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडा दसैँ पर्व समापन हुने प्रचलन छ ।

अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि समाप्त हुन्छ । आजै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि पवित्र तीर्थस्थलमा लगेर सेलाइन्छ ।

Facebook Comments