माैसमः पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा एवं हिमपातको सम्भावना

जल तथा माैसम विज्ञान विभाग, जल तथा महाशाखाका अनुसार माैसम सामान्य सफा रहेकाे छ । महाशाखाले तराई भू-भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु लाग्नेछ।

महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भामामा साधरणतया बादल लाग्ने र बाँकी पहाडी  तथा हिमाली भू-भागमा आंशिक बादल लाग्ने जनाएकाे छ ।

महाशाखाका अनुसार तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा र बाँकी प्रदेश को पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।  

महाशाखाले विहीबार तराई भू-भागका थोरै स्थानहरूमा तुँवालो लाग्नेछ । त्यस्तै देशका हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ, पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ र तराई भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

त्यस्तै कोशी,  गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।  

Facebook Comments