शिक्षण संस्था र सरकारी संरचना निर्वाचनका समयमा उपयाेग गरिने

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र तथा भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित निर्वाचन आयोगले नेपाल सरकारलगायतका सरोकारवाला निकायसँग निरन्तर सहकार्य गरिरहेकाे जनाएकाे छ ।

मतदानको प्रक्रियालाई व्यवस्थित रुपमा सञ्चालन गराउनका मतदान केन्द्र कायम रहेका शिक्षण संस्था, स्वास्थ्य चौकी, बडा कार्यालयलगायतका सरकारी संरचनाहरू र ती सरकारी संरचनाहरूमा रहेका भौतिक सम्पत्ति मिति २०८२/११/१९ गते मंगलबारदेखि मिति २०८२/११/२१ गते बिहीबारसम्म तीन दिनका लागि उपयोग गर्न सक्नेगरी व्यवस्था मिलाइदिन आयोगले गरेकाे अनुराेध अनुसार सम्बन्धित मन्त्रालय र स्थानीय तहमा पत्राचार एवम् समन्वयका लागि नेपाल सरकारलाई अनुरोध गरे गृह मन्त्रालयबाट सम्बन्धित निकायमा पत्राचार समेत भइसकेको छ।

प्रतिनिधि सभा सदस्य निर्वाचनमा सबै मतदान केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा मतदान गर्न आउने मतदातालाई आवश्यक पर्न सक्ने आकस्मिक स्वास्थ्य सहायता (First Aid) सेवा सम्बन्धित मतदान स्थलमा उपलब्ध गराउन समेत आयोगले अनुरोध गरेकाे छ ।

Facebook Comments