भाेटेकाेशी बाढीः ९५ शव भेटियाे, उद्धार जारी

रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका अहिलेसम्म ९५ जनाको शव फेला परेको प्रहरीले जनाएकाे छ । 

नेपाल प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार २७ जना महिला, ३७ जना पुरुष, ६ जना बालिका, ५ बालक र पहिचान नखुलेका २० जनाको शव फेला परेको हो।

जसमध्ये रसुवामा १ जनाको पुरुषको शव फेला परेको छ । नुवाकोटमा ५ जना महिला र ६ जना पुरुष गरी ११ जनाको शव फेला परेको छ । धादिङमा ११ महिला, ५ पुरुष, २ (पहिचान नखुलेको) गरी १८ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

गोरखामा एक महिला, ४ पुरुष र एक बालक र १० जना (पहिचान नखुलेको)को शव फेला परेको छ । चितवनमा १० महिला, १० पुरुष, २ बालिका, ३ बालक र ८ जना (पहिचान नखुलेका)को शव भेटिएको छ ।

प्रहरीका अनुसार तनहुँमा ३ जना पुरुष, १ जना बालिका र १ जना बालकको शव फेला परेको छ भने नवलपरासीपूर्वमा ८ जना पुरुष र ३ जना बालिकाको शव फेला परेको छ ।

बुधबार विहान ९ बजेतिर रसुवाकाे टिमुरेबाट बाढीकाे वितण्डा शुरू भएकाे थियाे । बाढीका कारण त्रिशुली नदि तटीय क्षेत्रमा पर्ने रसुवा, नुवाकाेट , धादिङ र चितवनका वस्तीहरूमा ठूलाे जनधनकाे क्षति पुगेकाे छ ।

दर्जनाै घाइतेहरूकाे उद्दारपछि राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेकाे छ ।

Facebook Comments