माैसमः ५ प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा हल्का वर्षा एवं हिमपातको संभावना
देशभरकाे माैसममा केही बदली देखिएकाे छ । शुक्रबार बिहानकाे समयमा तराई भू-भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु लाग्ने जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
काेशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भामामा साधरणतया बादल लाग्नेछ, बाँकी हिमाली तथा पहाडी भू-भागमा आंशिक बादल लाग्ने महाशाखाले जनाएकाे छ । तराई भू-भागकाे मौसम भने मुख्यतया सफा रहनेछ ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा एवं हिमपातको सम्भावना रहेको छ।
शुक्रबार राती तराई भू-भागका थोरै स्थानहरूमा तुँवालाे लाग्ने महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार देशका हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ, पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ । रातकाे समयमा कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा एवं हिमपातको सम्भावना रहेको छ।

