शनिबार रास्वपाले काठमाडाैंमा जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै फागुन १६ गते शनिबार काठमाडौँ उपत्यकामा  ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ गर्ने भएको छ ।

रास्वपाले काठमाडाैं उपत्यकाका तीनै जिल्ला काठमाडाैं, ललितपुर र म समेट्ने गरी यो कार्यक्रम गर्न लागेको हो ।

‘एउटै लक्ष्य, एउटै आवाज, एउटै प्रतिबद्धता’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस कार्यक्रमको उद्देश्य जनतासँग प्रत्यक्ष भेटघाट र जनसम्पर्क विस्तार गर्नु रहेको पार्टीले जनाएको छ।

आयोजकका अनुसार कार्यक्रमका लागि भेला हुने स्थान पशुपतिनाथ प्रवेशद्वार नजिकैको गौशाला पार्किङ तोकिएको छ। बिहान ६ः३० बजे पशुपतिनाथबाट सुरु हुने यो अभियान बेलुकी ६:३० बजे वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा पुगेर समापन हुनेछ।

रास्वपाले पायक पर्ने स्थानमा सहभागी हुन र ट्राफिक नियम पालना गर्ने जनसमुदायलाई अनुराेध गरेकाे छ ।

Facebook Comments