नेकपाकाे संयाेजन समिति बैठक बस्दै

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय संयोजन समितिको बैठक आज (सोमबार) बस्दै छ । 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने यस बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह-संयोजक माधव कुमार नेपालले तयार पारेको विशेष निर्णय प्रस्ताव पेस हुने कार्यक्रम रहेको छ ।

स्राेतका अनुसार नेताहरूले तयार पारेकाे प्रस्तावमा नेताहरूक्ाे कार्य विभाजन, विभागीय जिम्मेवारी तथा सचिवालय र केन्द्रीय कार्य समितिलाई पूर्णता दिने लगायतका बिषय समावेश छन् ।

यसअघि वैशाख ३ गतेको बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै संयोजक र सह–संयोजकले निर्णय प्रस्ताव तयार पार्ने जिम्मेवारी अनुसार आजको बैठकमा प्रस्ताव पेश हुने र छलफलपछि अनुमोदन गर्ने बताइएको छ । 

बैठकले विधान बमोजिम १२५ सदस्यीय केन्द्रीय सचिवालय र ६०१ सदस्यीय केन्द्रीय कार्य समितिलाई पूर्णता दिने प्रस्तावमाथि पनि छलफल गर्नेछ ।

तल्लो तहका पालिका र जिल्लाको एकता एवं समायोजनबारे पनि निर्णय लिने तयारी छ । यसका साथै, जनवर्गीय संगठन र मोर्चाको एकता, सदस्यता नवीकरण र एकताको मापदण्डका विषय पनि छलफल हुने बताइएकाे छ ।

Facebook Comments