माैसमः काेशी,बागमती र सुदुरपश्चिममा हल्का वर्षा
जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको पूर्वी भू-भागको थोरै स्थानमा मनसुनी वायूको प्रभाव रहेको छ । अन्य भू-भागमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ ।
महाशाखाका अनुसार साथै गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भू-भाग, कर्णाली र सुदुरपश्चिम प्रदेशका सम्पूर्ण भू-भागमा ३-४ दिनमा मनसुन बिस्तार हुने सम्भावना रहेको छ।
महाशाखाले सुदुरपश्चिम प्रदेशको तराई भू-भागमा मूख्यतया सफा रहेको उल्लेख गरेकाे छ । महाशाखाक अनुसार देशका बाँकी भू-भागमा आंशिक बादल लागेको छ। । कोशी, बागमती र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भईरहेको छ।
महाशाखाले शनिबार राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईमा आंशिक बादल लाग्ने उल्लेख गरेकाे छ।
रातकाे समयमा कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेकाे जनाएकाे छ ।
महाशाखाले कोशी प्रदेशका तराई भू-भाग तथा मधेश प्रदेशको केही स्थानमा, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
महाशाखाले कोशी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

