मदन भण्डारीको ७५औँ जन्मजयन्ती कार्यक्रमः ओली, प्रचण्ड, नेपाल र खनाल सहितका लगायतका नेताहरू सहभागी हुने
मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा काठमाडाैंमा सार्वजनिक कार्यक्रम गर्न लागिएकाे छ।
कार्यक्रममा कम्युनिष्ट पार्टीका तर्फबाट प्रधानमन्त्री बनेका नेताहरू नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, साेही पार्टीका नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल सहितका नेताहरुले सम्बाेधन गर्ने बताइएकाे छ।
मदन भण्डारी फाउण्डेसनले जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आज असार १४ गते राष्ट्रिय सभागृहमा हुने कार्यक्रममको प्रमुख आतिथ्यता भने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुने बताइएकाे छ।
‘नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय गोष्ठीमा गर्न लागिएकाे हाे ।
मदन भण्डारीको राजनीतिक विचार र योगदानबारे केन्द्रित उक्त कार्यक्रममा विभिन्न दलका शीर्ष नेताहरूले एउटै मञ्चबाट धारणा राख्ने कार्यक्रम छ । पछिल्लाे राजनीतिक परिस्थितिका कारण पुराना राजनीतिक दलहरू संसदमा खुम्चिएका छन् भने राजनीतिक रूपमा परिवर्तनका एजेण्डाहरू सम्बाेधन गर्नुपर्ने दबाबमा रहेका छन् ।

