धेरैजसाे पहाडी भूभागमा मध्यम वर्षाकाे संभावना
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भू-भागमा सरदर भन्दा उत्तरतर्फ रहेको छ ।
महाशाखाले आज दिउँसो देशको हिमाली र पहाडी भू-भाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागमा साधारणतया बादल लाग्ने, मधेश प्रदेश तथा कोशी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा आंशिक बादल लाग्ने जनाएकाे छ ।
महाशाखाका अनुसार देशका हिमाली भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी देशका पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
महाशाखाले बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थान तथा कोशी र सुदूरपश्चिम प्रदेशको तराई भू-भाग र मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे जनाएकाे छ ।
बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाे पनि महाशाखाले उल्लेख गरेकाे छ ।
महाशाखाका अनुसार साेमबार राती देशको हिमाली र पहाडी भू-भाग तथा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका तराई भू-भागमा साधारणतया बादल लाग्ने तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा आंशिक बादल लाग्नेछ ।
महाशाखाले रातकाे समयमा पनि देशको हिमाली भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेकाे उल्लेख गरेकाे छ । त्यस्तै देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थान, कोशी प्रदेशको तराई तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ भने बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्नेछ ।

