सुनसरीमा कर्फ्यू आदेश हटाइयाे
सुनसरी जिल्लाका केही क्षेत्रमा जारी गरिएको अनिश्चितकालीन कर्फ्यू आदेश मंगलबारदेखि हटाइएको छ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेकाे सूचनामा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम साउन ११ गते राति ९ बजेदेखि लागू गरिएकाे कर्फ्यु मंगलबार दिउँसाे १२ः१५ बाट हटाउने जनाइएकाे छ ।
प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद अर्यालद्वारा जारी सूचनाअनुसार अहिले उक्त क्षेत्रमा लगाइएको कर्फ्यू आदेश पूर्ण रूपमा हटाइएको छ।
यसअघि इनरुवा नगरपालिका–३ र ६ नम्बर वडाको सीमास्थित महेन्द्र राजमार्गअन्तर्गत घोपाली टोलदेखि पश्चिमतर्फ कोशी ब्यारेजको पुलसम्म तथा महेन्द्र राजमार्गको उत्तर–दक्षिण २०० मिटर क्षेत्रभित्र आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न निषेध गर्दै कर्फ्यू आदेश जारी गरिएको थियो ।
Facebook Comments

