मुग्लिन नारायणगढ सडक खण्डको खहरे खाेलामा पहिराे, सडक दुईतर्फि अवरुद्ध
मुग्लिन नारायणगढ सडक खण्डको खहरे खाेला मुग्लिन नजिकै सुख्खा पहिरो जाँदा सडक दुईतर्फि अवरुद्ध भएको छ ।
पहिरो पन्छाउने कार्य सुरू भइसकेकाे सडक डिभिजन कार्यालय भरतपुरले जनाएकाे छ । पहिराे पन्छाउन डेढ घण्टा लाग्ने बताइएकाे छ ।
साे सडक खण्डमा वर्षात्काे समयमा पटक पटक पहिराे खस्दा सवारी सन्चालनमा कठिनाई हुने गरेकाे छ ।

Facebook Comments

