वर्षाले विभिन्न राजमार्ग एवं सहायक सडक खण्डहरू अवरुद्ध

लगातारको अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न जिल्लामा रहेका प्रमुख राजमार्ग तथा सहायक सडक खण्डहरूमा सवारी आवागमन पूर्ण एवं आंशिक रूपमा अवरुद्ध भएकाे छ । असाेज ८ देखि ११ गतेसम्म परेकाे अविरल वर्षाका कारण बाढी र पहिराेले गर्दा प्राय राजमार्गहरूमा सवारी सन्चालनमा बाधा पुगेकाे छ ।

बाढी र पहिरोको जोखिम बढेपछि धेरै जिल्लाहरूमा रात्रकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ भने कतिपय स्थानमा वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरिएको छ।

नुवाकोट, रसुवा, कोशी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश, मकवानपुर, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, ओखलढुङ्गा, मनाङ, गुल्मी, बागलुङ, रोल्पा, कालिकोट, म्याग्दी, मुस्ताङ, हुम्ला, नवलपरासी, दार्चुला, पाल्पा, स्याङ्जा, ललितपुर, लमजुङ, तनहुँ, दाङ र डोटी जिल्लामा सडक सञ्चालनमा असर परेको नेपाल प्रहरीले जनाएकाे छ।

नेपाल प्रहरीले सार्वजनिक गरेकाे विवरण

Facebook Comments