नारायणी नदि पुलमा अड्कीएकाे राइनाे क्रुजलाई हटाइँदै
नारायणी नदि पुलमा अड्कीएकाे राइनाे क्रुजलाई हटाउनका प्रयास भइरहेकाे छ । पुलकाे पिलरमा अड्किएकाले साे क्रुजकाे लाेडका कारण पुललाई नै क्षति एवं असर पुग्न सक्ने भएकाले हटाउन लागिएकाे हाे ।
हटाउने क्रममा समेत पुलमा क्षति हुन सक्ने भएकाले सुरक्षित रूपमा थप क्षति नहुने तबरबाट निकाल्ने प्रयासकाे लागि प्राबिधिक स्तरको छलफल भैरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएकाे छ ।
यतिबेला यान्त्रिक उपकरणहरू तैनाथ अवस्थामा रहेकाे पनि जनाइएकाे छ । भारी सवारी साधन बाहेक अन्य सवारी साधनहरू भने पुलबाट आवतजावत भैरहेका छन् ।


Facebook Comments

