आयकरको न्यूनतम सीमा दाेब्बर बढाइयाे, भन्सार ११ तह बाट ७ मा झारियाे

सरकारले आयकरको न्यूनतम सीमा बढाएको छ । हालसम्म आयकरको न्यूनतम सीमा ५ लाख रुपैयाँ रहेकोमा सरकारले अब १० लाख पुर्‍याएको हो ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेले न्यूनतम आयकरको सीमा १० लाख कायम गरिएको बताए । अब १० लाख रुपैयाँसम्म वार्षिक आम्दानी हुनेले १ प्रतिशत मात्रै कर तिरे पुग्नेछ ।

अर्थमन्त्री वाग्लेले ११ तहकाे भन्सार दर ७ तहमा सीमित गर्ने घाेषणा गर्नुभएकाे छ ।

Facebook Comments