विभिन्न ११ जिल्लाका मुख्य राजमार्गहरूमा सवारी आवागमन अवरूद्ध
नेपाल प्रहरीका अनुसार अविरल वर्षा, बाढी र पहिराेका कारण विभिन्न ११ जिल्लाका मुख्य राजमार्गका सडकखण्डहरूमा सवारी साधन सन्चालन हुन सकेकाे छैन ।
कतिपय जिल्लामा जाेखिमकाे अवस्था हेरेर एकतर्फी सञ्चालन गर्ने गरिएकाे छ । भने कतिपय राजमार्गका सडकखण्डहरू भने पूर्ण रूपमा अवरूद्ध छन् ।
प्रहरीका अनुसार पछिल्लाे बाढी र पहिराेका कारण ललितपुर, रसुवा, मनाङ, लमजुङ, बागलुङ, म्याग्दी, मुस्ताङ, पर्वत, नवलपरासी पूर्व, पर्वत, गुल्मी र पाल्पा जिल्लामा पर्ने राजमार्गका सडकखण्डहरू अवरूद्ध छन् ।
अवरूद्ध सडक मार्गहरू खुलाउनका लागि पहल भइरहेकाे पनि प्रहरीले जनाएकाे छ । केही स्थानमा धेरै क्षति पुगकाले सडक मर्मत सम्भार गर्न लामाे समय लाग्ने अनुमान छ ।
अविरल वर्षाका कारण एकतर्फी रूपमा सञ्चालनमा रहेकाे पृथ्वी राजमार्ग बुधबार दिउँसाेबाट भने दुइतर्फी रूपमा सन्चालन हुने बताइएकाे छ ।
विभिन्न स्थानमा पहिरो तथा सडक भासिएर अवरुद्ध भएको सडकखण्डमा अवराेध हटाउने कार्य जारी छ ।
जिल्ला प्रशासन कार्यालय धादिङले मंगलबार सूचना जारी गर्दै पहिरो तथा सडक भासिएका स्थानमा अवरोध हटाउने कार्य भइरहेको र हाल एकतर्फी रूपमा सवारी आवागमन सञ्चालनमा रहेको जनाएको छ।



