पाँच प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातकाे संभावना
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसाे देशभर आंशिक बादल लाग्नेछ । त्यस्तै कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा एवं हिमपातको सम्भावना छ ।
बुधबार रातकाे समयमा कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ ।
त्यस्तै देशका तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ भने कोशी र बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
Facebook Comments

