नागढुंगा-मुग्लिन सडक आजदेखि तीन दिन रातीकाे समयमा बन्द हुने

सडक निर्माण एवं विस्तारका लागि नागढुंगा-मुग्लिन सडक आजदेखि तीन दिन रातिको समयमा बन्द हुने भएको छ ।

चितवन इच्छाकामना गाउँपालिका-४ घोप्टेभिरलगायतका स्थानमा सडक निर्माण एवं स्तरोन्नति कार्य गर्न सवारी आवागमनले असर गरेपछि रातीकाे समयमा सवारी बन्द गरेर काम गर्न लागिएकाे हाे ।

जिल्ला प्रशासन कार्यालेका अनुसार आज चैत १७ देखि १९ चैतसम्म तीन दिन राति ६ घण्टा अत्यावश्यक बाहेकका सवारी साधन बन्द गरिनेछ ।

Facebook Comments