जेनजी आन्दोलन हुँदाका तत्कालीन काठमाडाैं जिल्लाका प्रजिअ रिजाल पक्राउ
जेनजी आन्दोलन हुँदा काठमाडौं जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी(प्रजिअ) छवि रिजाललाई प्रहरीले पक्राउ गरेको छ । रिजाललाई सुविधानगरबाट पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।

जेनजी प्रदर्शनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई दोषी किटान गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो । भदौ २३ र २४ मा प्रदर्शन हुँदा १९ जनाकाे २३ गते नै प्रहरीकाे गाेली लागेर मृत्यु भएकाे थियाे ।
बानेश्वरमा किशोरहरुको ज्यान जानेगरी गोली चलाउन आदेश दिएको भनेर रिजालको तीव्र आलोचना हुने गरेकाे थियाे ।
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णयसँगै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई यसअघि नै पक्राउ गरी हिरासतमा राखिएकाे छ ।
Facebook Comments

