राइड सेयरिङमा छुट्टै दर्ता, आयकर र भ्याट तिर्नुपर्ने

पछिल्लाे समय धेरैलाई स्वराेजगार बनाउन मद्दत पुर्याएकाे राइट सेयरिङलाई सरकारले नियमनका लागि बजेटमा छुट्टै व्यवस्था गरेकाे छ ।

यसअघि रातो नम्बर प्लेट भएका मोटरसाइकलले पनि राइड सेयरिङ गरिरहेका थिए । अबभने कालाे नम्बर प्लेटमा दर्ता गरी वार्षिक रूपमा तीन हजार रूपैयाँ बार्षिक छुट्टै कर तिर्नुपर्ने भएकाे छ ।

सरकारले ल्याएको नयाँ आर्थिक विधेयकमा दुई पाङ्ग्रे सवारी साधनलाई समेत भाडाको सवारी साधनका रूपमा दर्ता गर्ने व्यवस्था गरिएको हाे ।

भाडाकाे सवारी साधनका रूपमा दर्ता हुने सवारीलाई कालो नम्बर प्लेट दिने व्यवस्था यातायात ऐन २०४९ मा छ । 

सरकारको नयाँ नियमसँगै राइड सेयरहरू कालो नम्बर प्लेटमा छुट्टै दर्ता, आयकर र भ्याट तिर्नुपर्ने भएको छ ।

५ प्रतिशत रकम भ्याट लिने व्यवस्था बजेट मार्फत् गरिएकाे हाे । याे रकम भने राइड सेयरिङ अनलाइन मार्फत् गराउने प्लेटफर्महरूमार्फत् बुझाउनुपर्नेछ ।

Facebook Comments