रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र मानिस भेटिएन
प्रधानमन्त्री बालेन्द्र शाहकाे सचिवालयले रसुवाको भोटेकोशी नदीमा बाढीपछि प्रभावित रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र कोही पनि मानिस फेला नपरेको जनाएकाे छ ।

नेपाली सेनाकाे उद्धार टाेलीले त्यहाँ खोजी गर्दा कुनै पनि मानिस फेला नपरेपछि फर्किसकेकाे प्रधानमन्त्रीकाे सचिवालयले जानकारी दिएकाे हाे ।
नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोलीले सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशङ्कासहिट खाेजी गरेकाे थियाे ।
सेनाको टोली इन्जिनियर र ड्रोन टोलीसहित खोजीमा जुटेपनि मानिस नभेटिएपछि उद्धार कार्य स्थगन गरी धुन्चे फर्किएकाे हाे ।

उक्त सुरुङको भित्री भाग अर्थात् अन्तिम बिन्दुसम्मै पुगेर ड्रोनसमेत उडाई खोजी गर्दा पनि मानवीय उपस्थिति नभेटिएको बताइएको छ ।
Facebook Comments

