भाेटेकाेशी बाढी संकटः प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखहरूसँग छलफल
रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण निम्तिएको संकट समाधान र व्यवस्थापनका लागि प्रधानमन्त्री वालेन्द्र शाहले देशका सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्नुभएकाे छ ।
प्रधानमन्त्रीले प्रधान सेनापति अशोकराज सिग्देलसँग रसुवा बाढी प्रभावित क्षेत्रमा हालसम्म भएका खोजी, उद्धार, राहत तथा घाइतेहरूको व्यवस्थापनका मामिलामा विस्तृत ब्रिफिङ लिनुभएको छ।
रक्षामन्त्री समेत रहनुभएका उहाँले उद्धारका सबै बाँकी कामहरूलाई उच्च प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिनुभएको छ।
सम्माननीय प्रधानमन्त्रीले साेमबार नै नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग ब्रिफिङ लिनुभएकाे छ भने उद्धार र राहतका काम सम्बनधमा निर्देशन समेत दिने प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ।
छलफलका क्रममा सम्माननीय प्रधानमन्त्रीले बाढीबाट प्रभावित नागरिकको जीवन रक्षा, घाइतेको निःशुल्क उपचार र राहत वितरणमा कुनै पनि कसर बाँकी नराख्न तथा सबै सुरक्षा निकायलाई २४ सै घण्टा उच्च सतर्कताका साथ परिचालन गर्न निर्देशन दिनुभएको छ।

