राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल सहित ४ खेलाडी कार्वाहीमा

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई कप्तानीबाट हटाएको छ। साथै ४ खेलाडी समेत कार्वाहीमा परेका छन् ।

क्यानले नयाँ कप्तान सन्दीप लामिछानेलाई बनाउने निर्णय गरेको छ। मल्लसहित खेलाडी वर्गीकरणमा असन्तुष्टि जनाउने उपकप्तान दीपेन्द्रसिंह ऐरी, अलराउन्डर सोमपाल कामी र बलर कमलसिंह ऐरी कार्वाहीमा परेका हुन् । उनीहरूलाई वर्गीकरणबाट सन् २०२२ मा प्राप्त हुने ६ महिनाको तलब समेत नदिइने निर्णय भएकाे छ ।  

खेलाडीहरूलाई कारबाही गर्ने वा नगर्नेबारे आज बसेको बोर्ड बैठकमा विवाद भएको थियो। ६ जना बाेर्ड सदस्यहरूकाे विराेधका बाबजुत पनि खेलाडीलाई कारबाहीकाे निर्णय भएकाे हाे ।

क्यानको आज सम्पन्न बोर्ड बैठकले  राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आगामी डिसेम्बर २१, २०२१ देखि पोखरामा सञ्चालन गर्ने निर्णय गरिएको छ भने नेपाल प्रशिक्षक संघलाइ मान्यता प्रदान गरेको छ।

Facebook Comments