पहिरो नारायणगढ–मुग्लिन सडकखण्ड अवरूद्ध
पहिराेका कारणा नारायणगढ–मुग्लिन सडकखण्ड अवरूद्ध बनेकाे छ । मुग्लिनदेखि २ किलाेमिटरकाे दुरीमा पर्ने तुइनखाेला भन्ने स्थानमा सडकमाथिबाट झरेको पहिरो पन्छाउन मुस्किल परेकाे छ ।
बिहीबारदेखि नै सडक पटक पटक अवरूद्ध छ । पछिल्लाेपटक माथिबाट लगातारजसाे ढुंगा खसिरहेकाले १९ घण्टादेखि सडक अवरुद्ध भएकाे हाे । साे सडकखण्ड भएर यात्रा गरिरहेका हजाराैं यात्रुहरु मर्कामा परेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार विहानै देखि पहिराे पन्छाउन शुरू गरिएकाे छ । पहिरो पन्छाएर बाटाे सुचारू गर्न समय लाग्ने भएकाले वैकल्पिक मार्ग उपयाेग गर्न प्रहरीकाे सुझाव छ । पहिरो झरेर पहाड बनेको र पन्छाउन कम्तीमा पनि ६/७ घन्टा लाग्ने अनुमान छ ।
Facebook Comments

