एसिया कपकाे १६ औं संस्करण, उद्घाटनमा नेपाल र पाकिस्तान खेल्ने
एसिया कपको १६ औं संस्करण आजदेखि सुरू हुँदै छ। पाकिस्तानको मुल्तानमा अपराह्न तीन बजे शुरू हुने एसिया कपको उद्घाटन खेलमा नेपाल र पाकिस्तान खेल्दैछन् ।
पाकिस्तान विश्वको एक नम्बर टिम हाे, अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि नेपालले पाकिस्तान र भारतसँग पहिलोपटक प्रतिस्पर्धा गर्न लाग्दैछ ।
पाकिस्तान हाल आइसिसी वरीयताको नम्बर एक टिम हो। साे टिममा विश्व ब्याट्सम्यान वरीयताको शीर्ष स्थानमा रहेका बाबर अजाम, वरीयताको तेस्रो नम्बरका इमाम उल हक र पाँचौ नम्बरका फखर जमान सहभागी छन् ।
विश्वकप छनोटमा जिम्बावेविरूद्ध ब्याटिङमा उत्कृष्ट सुरुवात गरेको नेपाल टिम पाकिस्तानसँग निडर भएर प्रस्तुत हुने तयारीमा नेपाल छ । नेपाली टिममाओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखसँगै कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल तथा अलराउन्डर गुल्सन झा, बलिङमा लेगस्पिनर सन्दीप लामिछाने, तीव्र गतिका बलरद्वय सोमपाल कामी र करण केसी टिममा सहभागी छन् ।
एसिया कपमा अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका गरी पाँच टेस्ट तथा छनोट प्रतियोगिता जितेको नेपालले गरी ६ देशले एसिया कप २०२३ भाग लिँदैछन्।
आयोजक
पाकिस्तान र श्रीलंका एसिया कप २०२३ को सह-आयोजक हुन् । एसिया कपको मूल आयोजक पाकिस्तानसँग विवाद भएका कारण भारतले पाकिस्तानमा खेल्न अस्वीकार गरेको थियो। भारतले प्रतियाेगिता अन्तर्गतका खेल श्रीलंकामा खेल्ने तय भएकाे छ ।
खेल तालिका
नेपाल भर्सेस पाकिस्तान – भदौ १३ (पाकिस्तान, मुल्तान)
बंगलादेश भर्सेस श्रीलंका – भदौ १४ (श्रीलंका, क्यान्डी)
पाकिस्तान भर्सेस भारत – भदौ १६ (श्रीलंका, क्यान्डी)
बंगलादेश भर्सेस अफगानिस्तान – भदौ १७ (पाकिस्तान, लाहोर)
नेपाल भर्सेस भारत – भदौ १८ (श्रीलंका, क्यान्डी)
अफगानिस्तान भर्सेस श्रीलंका – भदौ १९ (पाकिस्तान, लाहोर)
सुपर फोर – भदौ २० देखि भदौ २९ सम्म
फाइनल – भदौ ३१

