ललितपुरमा मोटरसाइकल दुर्घटनामा २ युवककाे मृत्यु

मंगलबार ललितपुरमा भएको मोटरसाइकल दुर्घटनामा परी सिन्धुलीका दुई जनाको मृत्यु भएको छ। 

गोदावरी नगरपालिका वडा नम्बर १०, तखेल चोकमा भएकाे दुर्घटनामा सिन्धुली मरिण गाउँपालिकाका २४ वर्षीय राम माझी र २५ वर्षीय विजय माझी मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार मंगलबार साँझ ६ बजेर ४० मिनेट जाँदा बा ६० प ५१९५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो।  

सडक छेउमा रहेको रूखमा ठोक्किएर साे दुर्घटना भएकाे हाे ।

Facebook Comments