विश्वकप क्रिक्रेटः भारत र अस्ट्रलिया फाइनलमा
पाँच पटककाे विश्वकप विजेता अस्ट्रेलिया विश्वकप क्रिकेट २०२३ को फाइनलमा पुग्न सफल भएकाे छ । बिहीबार भएको सेमिफाइनलमा दक्षिण अफ्रिकामाथि ३ विकेटकाे जित निकाल्दै अस्ट्रेलिया फाइनलमा पुगेकाे हाे ।
संघर्षपूर्ण तीन विकेटको जित निकालेको अस्ट्रेलियाले फाइनलमा उपाधिको भिडन्तमा भारतको सामना गर्नेछ ।
अस्ट्रेलिया विश्वकप क्रिकेटको फाइनल पुगेको आठौं पल्ट हो । दक्षिण अफ्रिका भने फेरि एकपल्ट सेमिफाइनलमै रोकिएको छ । जितका लागि २ सय १३ रनको लक्ष्य पाएको अस्ट्रेलियाले ४७.२ ओभरमा सात विकेट गुमाएर २ सय १५ रन बनाएको हो ।
बुधबार मुम्बईमा भएकाे सेमीफाइनल खेलमा न्युजिल्यान्डमाथि ७० रनको जित निकाल्दै भारत फाइनलमा प्रवेश गरेकाे हेा । भारतले दिएको ३९८ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४८.५ ओभरमा ३२७ रनमा अलआउट भयो।

Facebook Comments

