धादिङमा यात्रुबस दुर्घटना हुँदा ५ जनाको मृत्यु

कपिलवस्तुबाट काठमाडौँ आउँदै गरेको रात्री बस बुधबार बिहान धादिङमा दुर्घटनामा परेकाे छ ।

पृथ्वी राजमार्गस्थित धादिङको गजुरी गाउँपालिका-५ घाटबेशीमा बस दुर्घटना भइ त्रिशूली नदीमा खसेको हाे । दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ भने चालकसहित ३८ जना घाइते छन् ।

बसमा ५१ जना यात्रु रहेको भन्ने विवरणका अनुसार अन्य ८ जनाको खोजी कार्य भइरहेको धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिनुभयाे ।

प्रजिअका अनुसार मृतकहरुको पहिचान खुलेको छ भने घाइते हुनेमा चालक पनि रहेका छन् । बिहान करिब पौने पाँच बजे पृथ्वी राजमार्गस्थित धादिङको गजुरी गाउँपालिका-५ घाटबेशीमा गति अनियन्त्रित भई बस त्रिशूलीमा खसेको थियो ।

अहिले सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले घाइते र मृतकहरुको उद्धार गरिरहेको छ ।

Facebook Comments