मन्त्रिपरिषद् विस्तार हुँदै, जनता समाजवादी पार्टी (जसपा) सहभागी हुने

जनता समाजवादी पार्टी (जसपा)लाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भयरहेकाे छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वकाे सरकारमा जसपाले पार्टी अध्यक्ष उपेन्द्र यादव सहित सहभागी हुने जानकारी गराइसकेकाे छ । स्राेतका अनुसार यादवले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री सम्हाल्ने तय भएकाे छ ।

जसपाका अर्का नेता नवलकिशोर साहलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । जसपाकै दीपक कार्की स्वास्थ्य राज्यमन्त्री हुनेछन् । उनीहरुले आज शपथ ग्रहण गर्ने भनिए पनि समय निश्चित भइसकेको छैन ।

यसअघि नै नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र एकीकृत समाजवादी सरकारमा सहभागी भइसकेका छन् ।

जसपालाई पनि समेटेपछि प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते संसदबाट विश्वासको मत लिने तयारी छ ।

Facebook Comments