पर्यटकहरुलाई दुःख दिएकाे आराेपमा ७ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्कीले सर्बसाधरण नागरिक तथा पर्यटकहरुलाई दु:ख हैरानी दिएकाे आराेपमा ७ जनालाई पक्राउ गरेकाे छ ।

जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ९ स्थित पृथ्वीचोक, बसपार्क एरियामा आन्तरिक तथा वाह्य पर्यटकहरुलाई आफु अनुकूलको होटल तथा बसमा जानको लागी झोला तान्ने, पैसाको अनावश्यक मोलमोलाई गर्ने तथा
लागूऔषध जन्य पदार्थ सेवन गरी होहल्ला गरेकाे गुनासाेका आधारमा उनीहरूलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

वडा प्रहरी कार्यालय वैदाम तथा अस्थायी प्रहरी विट पृथ्वीचोकबाट खटिएको प्रहरी टोलीले उक्त कार्यमा संलग्न निम्न ७ जना व्यक्तिहरुलाई पक्राउ गरी सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्वको कसुरमा सात (७) दिनकाे म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको जनाएकाे छ ।

पक्राउ पर्नेहरूमा पोखरा म.न.पा. वडा नं.४ बस्ने वर्ष ३८ को यम बहादुर बि.क., वडा नं ९ बस्ने वर्ष २८ को सागर क्षेत्री, वर्ष २९ काे बिक्रम सुनार, वर्ष २४ को अर्जुन सेन्चुरी, वर्ष २० को लक्ष्मण सिंह, वडा नं ७ बस्ने वर्ष २२ को बिकाश श्रेष्ठ र वडा नं २६ बस्ने वर्ष २८ को साजन परियार रहेका छन् ।

    Facebook Comments