गण्डकीमा सुरेन्द्रराज पाण्डे दाेस्राेपटक मुख्यमन्त्री नियुक्त
अदालतको आदेश अनुसार गण्डकी प्रदेशमा सुरेन्द्रराज पाण्डे दोस्रो पटक मुख्यमन्त्री नियुक्त हुनुभएकाे छ । उहाँले आजै थप दुई जनालाई मन्त्रीमा नियुक्त गर्नुभएकाे छ ।

मुख्यमन्त्रीका प्रेस सहयोगी नरहरि सापकोटाका अनुसार मुख्यमन्त्रीले बजेट बनाउने चटारो भएका कारण अर्थमन्त्रीमा टकराज गुरुङलाई र सामाजिक विकास एवं स्वास्थ्यमन्त्रीमा विन्दु थापालाई नियुक्त गर्नुभएकाे हाे ।

मुख्यमन्त्रीसहित यी दुई मन्त्रीले केही केहीबेरअघि पोखरा सभागृहमा आयोजित समारोहमा प्रदेश प्रमुखसमक्ष शपथ लिनुभयाे । गुरुङ लमजुङ र थापा कास्कीबाट प्रदेशसभामा सदस्यमा निर्वाचित हुनुभएकाे हाे ।
Facebook Comments

