विश्वविद्यालयहरुमा अनावश्यक पद !
संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विश्वविद्यालयहरूमा अनावश्यक पदहरू रहेकाे बिषय उठेकाे छ ।
नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले कार्कीले विश्वविद्यालयमा पदपूर्तिका लागि राजनीतिक हस्तक्षेप भइरहेकाले अनावश्यक पदहरु हटाउन आवश्यक रहेको बताउनुभएकाे हाे ।
विश्वविद्यालयहरुमा कर्मचारी पदपूर्तिका लागि राजनीतिक चलखेल भइरहेको उल्लेख गर्दै सांसद कार्कीले अनावश्यक पदहरु हटाउनुपर्ने बताउनुभयाे ।
सांसद कार्कीले विश्वविद्यालयका कुलपतिलाई कार्यकारी प्रमुखको रुपमा नियुक्त गर्नेगरि विधेयक संशोधन गर्नुपर्ने वताउनुभयाे । साथै विश्वविद्यालयमा अत्यावश्यक देखिएका पदहरूमा खालि राख्न नहुने उहाँकाे भनाइ छ ।
सांसद कार्कीले भन्नुभयाे, ‘विश्वविद्यालयहरुको सुधार गर्नका लागि पदहरु बढाउनुको सट्टा भएका कर्मचारी र जनशक्तिबाट धेरैभन्दा धेरै काम हुनसक्ने गरेर गर्नुपर्छ । यसो हुन पनि यो संशोधन आवश्यक छ । विश्वविद्यालयमा रहेका हरेक अनावश्यक पदहरुलाई हटाउँ । भोलिको दिनमा त्यति जनशक्तिले पुगेनछ भने त हामीहरु नै बसेर समाधानको बाटो खोजौंला । जति धेरै उपकुलपति भर्ना ग¥यो त्यति नै सेवा सुविधाहरु बढाउनुपर्ने भएकाले आर्थिक भार पनि बढ्छ ।’

