प्रधानन्त्रीद्वारा नेपाल आइडलका विजेता परियारलाई गितार उपहार 

नेपाल आइडलका टाइटल विजेता परियारलाई प्रधानन्त्रीले गितार उपहार प्रदान गर्नुभएकाे छ । नेपाल आइडल सिजन पाँचका विजेता करण परियारलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाई तथा उपहार दिनुभएकाे हाे ।

बुधबार बिहान परियारलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्रीले बधाई  दिँदै  गितार उपहार दिनुभएकाे हाे । साे अवसरमा प्रधानमन्त्री प्रचण्डले खेल र सङ्गीतका मुख्य मुख्य कार्यक्रमहरु आफूले हेर्ने गरेको बताउनुभयाे ।

साथै प्रधानमन्त्रीले युवा पुस्ताका हरेक सुखदुखमा आफू साथ रहने समेत बताउनुभयाे ।

Facebook Comments