माैसमः कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाकाे संभावना

हाल देशभर मनसुनी वायु सक्रिय रहेकाे छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। 

महाशाखाले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाकाे संभावना रहेकाे जनाएकाे छ ।

त्यस्तै देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भैरहेको महाशाखाले जनाएकाे छ ।

महाशाखाले देशैभरकाे मंगलबार दिउँसाे माैसममा साधरणतय बदली रहने र कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरेकाे छ। 

Facebook Comments