अर्थ मन्त्रालयकाे संगठन तथा व्यवस्थापन सर्वेक्षण गरिने

सरकारले अर्थ मन्त्रालय र मातहत कार्यालयहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुव्वा गुरुङले अर्थ मन्त्रालय र मातहत कार्यालयहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृति प्रदान गर्र्ने निर्णय भएको जानकारी दिनुभयाे ।

त्यस्तै साल्ट ट्रेडिङ कर्पाेरशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.लाइ चिनी खरिदमा लाग्ने भन्सार महशुलमा ५० प्रतिशत छुट दिने निर्णय समेत गरिएकाे छ ।

Facebook Comments