संयुक्त राष्ट्रसंघ को ७९ औं महासभा शुरू

संयुक्त राष्ट्रसंघ (यूएन) को ७९ औं महासभा न्युयोर्कमा मंगलबारदेखि सुरु भएको छ । महासभामा प्रधानमन्त्री केपी शर्मा ओली न्युयोर्क जाने तयारीमा हुनुहुन्छ ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसकाे सम्बोधनसँगै ७९ औं महासभा सुरु भएकाे हाे ।

क्यामरुनका पूर्वप्रधानमन्त्री फिलेमोन याङ अध्यक्षतामा शुरू भएकाे महासभा असोज १२ सम्म चल्नेछ । महासभामा उच्चस्तरीय छलफल भने असोज ८ देखि ५ दिनसम्म चल्ने कार्यसूची छ ।

विश्वका वर्तमान समस्या, विभिन्न मुलुकबीचको द्वन्द्व र मनमुटाव तथा जलवायु परिवर्तन र दिगो विकासका लक्ष्यहरू (एसडीजी) तथा ‘समिट अफ द फ्युचर’ महासभाका छलफलका कार्यसूची हुन् ।

असोज ६ र ७ मा हुने समिटमा भाग लिन २२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली न्युयोर्क जाने तयारीमा गरिएकाे छ । साे अवसरमा प्रधानमन्त्री ओलीकाे भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीसँग भेटघाट हुने बताइएकाे छ ।

Facebook Comments